Thursday, June 4News That Matters

उदयपुरमा दलहरु आक्रमक चुनाव प्रचार–प्रसारमा

पूर्णपुष्टि, वैशाख १५ गते ।
स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता भएसँगै राजनीतिक दलहरु चुनावी प्रचार–प्रसारमा होमिन थालेका छन् । उदयपुरमा दलहरु जनताको घर–घरमा मतमाग्न जान थालेका छन् ।
उदयपुरमा कांग्रेस, एमाले तथा कुनै पालिकामा दुई दलिय त कुनै तीन दलीय गठबन्धनको प्रतिस्प्रर्धा छ ।
राजनितीक दलहरु मतदानसँग आफूलाई मतदान गर्न आग्रह गर्दै गाउँगाउँ पुगेका छन् । यसरी मतमाग्न जादा राजनीतिक दलका कार्यकर्ताको हुलै जाने गरेको छ । आफूलाई मतदिने कार्यकर्ता तथा मतदाताको घरमा झण्डा राख्ने, चोकमा भण्डा पार्टीका चुनाव चिन्ह राख्नेदेखी आफ्नो घोषणापत्र प्रतिवद्धता पत्र बाड्न व्यस्त हुन थालेका छन् ।
उदयपुरमा ठूला दल चुना प्रचार–प्रसारमा सक्रिय देखिएपनि साना दलहरु भने चुनाव प्रचार प्रसारमा खासै देखिएका छैनन् ।