Saturday, June 13News That Matters

उदयपुरमा दुई मन्त्री सहित ६४ जनाले दिए उम्मेदवारी

पूर्णपुष्टि, असोज २४
उदयपुरमा मंसिर ४ का लागि ६४ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि दुई मन्त्री सहित ६४ जनाको उम्मेदवारी परेको छ । नेपाल नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का र प्रदेश नं १ का भौतिक पूर्वधार मन्त्री हिमाल कार्कीले पनि यस क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभाको लागि ८ स्वतन्त्रसहितको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि २८ जना र चार प्रदेश सभाको लागि ३६ जनाको उम्मेदवारी परेको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा गठबन्धन, एमाले, साना दलहरु र स्वतन्त्रको गरी १६ जनाको उम्मेदवारी रहेको छ भने २ मा१२ जनाको उम्मेदवारी रहेको छ । निर्वाचन क्षेत्र १ को प्रदेशसभा (क) मा ११, (ख) मा १३ जनाको उम्मेदवारी रहेका छ भने निर्वाचन क्षेत्र २ को (क) मा ५ र (ख) मा ७ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवम् परराष्ट्र मन्त्री डा. नारायण खड्का र एमालेकी नेतृ एवम् पूर्व भौतिक तथा योजना मन्त्री मञ्जु चौधरीको प्रतिष्पर्धा हुने भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका नेता जगन्नाथ खतिवडा र एमालेका अम्मर रायमाझीबीच प्रतिष्पर्धा हुने भएको छ ।
उक्त क्षेत्रमा कांग्रेसका क्षेत्रीय सभापति राम कुमार राईले स्वतन्त्रबाट उम्मेदवारी दिँदै गठबन्धनमा बाघि हालेका छन् ।

प्रदेश सभा १ (क) मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बासु किराती र एमालेका कुसल बावु वस्नेत बिच चुनाव हुने भएको छ भने प्रदेश सभा १ को (ख) मा गठबन्धनको तर्फबाट कांग्रेसका हिमाल कार्की र एमालेका इश्वरमणी राउत बिच प्रतिस्पर्धा हुने भएको छ । कार्की यस अघि पनि बिजयी नेता हुन् । उनि १ नं प्रदेश मन्त्रीसमेत रहेका छन् ।
त्यसैगरी प्रदेश सभा २ को (क) मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर र एमालेका देवराई राई बिच प्रतिस्पर्धा हुने भएको छ भने, प्रदेश सभा २ (ख) मा गठबन्धनको तर्फबाट कांग्रेसका राम कुमार खत्री र एमालेको जिवनाथ दाहाल बिच प्रतिस्पर्धा हुने छ ।