
पूर्णपुष्टि, २० जेष्ठ ।
प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाई उदयपुरमा कालो झण्डा देखाउने काम भएको छ । कालो झण्डा सँगै मन्त्री सिटौलाको सवारीमाथी ढंगामुढा पनि भएको छ । उनलाई पहिचानपक्षधरले त्रियुगा नगरपालिका ६ जलजलेमा रोकेर कालो झण्डा देखाएको हो । कालो झण्डा देखाउनुका साथै मन्त्री सिटौलाको गाडी पनि तोडफोडका प्रयास भएको छ । पहिचान पक्षधर नेताहरुका अनुसार मन्त्री सिटौलाको गाडीको सिसा क्षती पुग्नुका साथै झण्डा पनि बाँचिएको जनाए ।
यता जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्दन चौधरीका अनुसार मन्त्रीलाई स्कटिङ गरी पठाईएको जनाए । त्यस्तो कुनै घटनाहरु नभएको कालो झण्डा देखाउने प्रयास मात्रै भएको जनाए । गाईघाटमा हुने रोजगार मेलालाई सम्बोधन र उद्घाटन गर्न शनिवार मन्त्री सिटौला गाईघाट आएका थिए ।
मन्त्री आउने हल्लाले पहिचान पक्षधरहरु पहिल्यै चलाखी अवस्थामा रहेका थिए । मन्त्रीलाई कालो झण्डा देखाउने कार्यक्रमका लागि पहिचानपक्षधरहरु बिभिन्न सडकहरुमा तयारी रहेको बुझिएको छ । बसाहामा ठुलो संख्यामा पहिचान पक्षधरले नाराजुलुस र टायर बालेर बिरोध गरिरहेका थिए । कार्यक्रम सकिएपछि मन्त्री सिटौला मदन भण्डारीको सडक छाडेर सगरमाथा हाईवेको सडक तर्फ जाँदै गर्दा जलजलेमा पहिचान पक्षधरले कालो झण्डा देखाएका थिए ।




