Monday, April 20News That Matters

उदयपुरमा बैजनाथ खोलाले बगाएर हुलाकका कर्मचारीको मृत्यु

पूर्णपुष्टि, कार्तिक ३
उदयपुरमा खोलाले बगाउँदा हुलाकका एक कर्मचारीको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका ८ का ५९ बर्षिय कृष्ण बहादुर श्रेष्ठको खोलाले बगाएर मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमाका अनुसार श्रेष्ठ अतिरिक्त हुलाक कार्यालय नरेटारको (अतिरिक्क्त) पत्र बाहक कर्मचारी रहेको जनाएको छ ।

उनको नेपालटार बाट उदयपुरगढी गाउँपालिका महादेवस्थान घर फर्कने क्रममा अन्दाजी ६ बजेको समयमा खोला तर्ने क्रममा बगाएर मृत्यु भएको प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिए ।
उनको शव अन्दाजी खोलाले १ किमि बगाएर ढुँगाको चेपमा अड्काएको अवस्थामा फेला परेको थियो । शव फेला परेको खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानको टोली खटी आवश्यक कानुनी प्रक्रिया पुरा गरी लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।