
पूर्णपुष्टि, भदौ ८ गते ।
उदयपुरमा आगामी संघ प्रदेश निर्वाचनको लागि मतदाता नामावली अध्यावधिक सम्बन्धी अन्तरक्रिया गरिएको छ । निर्वाचन कार्यालय उदयपुरले आयोजना गरेको सो कार्यक्रममा मतदाता नामावली सच्याउने, हटाउने, दाबी विरोध, उजुरी लगायतका वियषयमा जानकारी गराइएको थियो । अन्तरक्रियामा सहभागगिले मतदानको दुई स्थानमा नाम रहेकोले त्यस्तो हटाउन तर्फ निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएका थिए ।
जिल्ला न्यायधिश कृषण प्रसाद सुवेदीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला विरेन्द्र यादवले गरेका थिए । कर्मचारी मिलन केन्द्रको सभाहल बोक्सेमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, संघसंस्था तथा सरकारी कार्यलयका प्रतिनिधी सहभागि भएका थिए ।
प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले राजनीतिक दललाई मतदाता नामावली अध्यावधिकका लागि मतदातालाई जागरुक बनाउन भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
निर्वाचन आयोगले देशैभरी भाद्र १३ गतेदेखि १९ गतेसम्म मतदाता नामावलीमा भएका क्रुटी सच्याउने, नाम हटाउने, उजुरी दिने लगायतका अभियान सञ्चालन गर्ने छ ।

