
पूर्णपुष्टि,चैत्र २२ । लघुवित्तिय संस्थाहरु विरुद्ध गाईघाटमा पनि अनिश्चित कालिन बिरोध सुरु भएको छ । मंगलबार बाट सुरु भएको उक्त बिरोध बुधबार पनि निरन्तर रह्यो । बुधवार लघुवित्तीय संस्था विरुद्धको सघंर्ष समितिले विहान १० बजे देखि साझ ५ बजे सम्म जिल्ला प्रशासन कार्यालय उदयपुरमा विरोध प्रदर्शनी गरेको हो । लघुवित्त संस्थाहरुले गरेको ज्यादती विरुद्ध अनिश्चितकालिन रुपमा विरोध प्रदर्शनीको कार्यक्रम संञ्चालन गरिएको संघर्ष समिति त्रियुगा नगर अध्यक्ष तविता राईले जनाईन् ।
उनिहरुले “बाचौं, बचाऔं र अघि बढौ” साथै “लघुवित्तिय संस्थाहरुको ज्यादती विरुद्ध एक हौं” भन्ने नारा सहित प्रशासनमा धर्ना दिएको हो । देशव्यापि प्रदर्शन भईरहेको प्रदर्शनमा गाईघाटमा मंगलबार देखी दिएको धर्ना अनिश्चित कालको लागी गरिने संघंर्ष अध्यक्ष राईल्े जनाईन् ।
प्रदर्शनमा उत्रिएकाहरुले आफ्ना बिभिन्न ५ बुदे माग सहित जिल्ला प्रशासन कार्यालय उदयपुरलाई धर्ना दिएको हो । उनिहरुले लघुवित्तिय संस्थाहरुद्धारा लगाईएको सामुहिक ऋण मिनाह गर, आम गरिब किसानहरुलाई नि. शुल्क ऋण प्रदान गर,, नबसामन्तीको रुपमा स्थपित लघुवित्तीय संस्थाहरु खोज गर, समाजवादी अर्थतन्त्रको निर्माण गर, आवश्यकता र क्षमतामा आधारीत काम र दामको व्यवस्था गर लागताएका नारा सहित सरोकारवालालाई ध्यानार्कषण गराएको छ ।




