Sunday, May 3News That Matters

उदयपुरमा लागुऔषध सहित १ जना पक्राउ

पूर्णपुष्टि, फागुन २४ । उदयपुरमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदडीगढी नगरपालिका–६ का ३१ बर्षीय बिजय राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बेलुका साढे ५ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका ५ सिवाई स्थितमा लागुऔषध सहित पक्राउ गरेको हो । राईको साथबाट लागुऔषध लुपिजेसीक ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल बरामद भएसँगै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।