
पूर्णपुष्ट, जेठ १९ । उदयपुरमा लागुऔषध सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ बस्ने २८ बर्षीय अमर बहादुर कार्की र त्रिनपा–१२ बस्ने २१ बर्षीय चन्द्र बहादुर कार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार बिहिबार त्रिनपा–६ लालपत्तामा सप्तरीबाट आउदै गरेको बा ९७ प ९५१२ नं. को मोटरसाईकलमा सवार उनिहरुलाई लागुऔषध सहित पक्राउ गरिएको हो ।
प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई चेकजाँच गर्दा डाइजोपाम १३७ एम्पुल र बुप्रिनोर्फिन १३८ एम्पुल र फेनार्गन १३६ एम्पुल, गरी जम्मा ४११ एम्पुल लागूऔषध बरामद गरेको डिएसपी चापागाईले बताए । लागुऔषध बरामद गरेसँगै उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागूऔषध सहित पक्राउ उनिहरुको सम्बन्धमा जिल्ला अदालतबाट १० दिनको म्याथ थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
