Monday, April 20News That Matters

उदयपुरमा वन मुद्धाका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, भदौ ११ । उदयपुरमा वन मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ गुरुङ चोक बस्ने ४३ बर्षीय राज कुमार तामाङ रहको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

वन मुद्धामा जिल्ला अदालतको २०७५÷१०÷०१ गतेको फैसलाले रु. ९,७६,९७८ रुपैँया जरिवाना तोकेता पनि हालसम्म फरार रहेका तामाङलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ९डिएसपी० हरिन्नदन चौधरीले जानकारी दिए । उनका अनुसार गोप्य सुचनाको आधारमा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी नायव निरिक्षकको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याई आवश्यक कार्वाहिको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।