
पूर्णपुष्टि/गाईघाट/ कार्तिक १४ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख तथा इन्चार्ज दान बहादुर मिरिङचिङले उदयपुरमा सवारी दुर्घटना न्युनिकरणका लागि थप पहल कदमी अघि बढाउने जनाउनु भएको छ । दिनानु बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्न आवश्यक पहलहरु तत्काल थाल्ने इन्चार्ज मिरिङचिङले बताउनु भयो ।
करिब एक महिना अघि मात्रै उदयपुर ट्राफिक इन्चार्जको जिम्मेवारी सम्हाल्न आईपुग्नु भएका मिरिङचिङले जिल्लामा सडक दुर्घटनाको अवस्था तिव्र रहेको बुझेको जनाउनुभयो । उहाँले सडक दुर्घटना न्युनिकरण जिल्ला ट्राफिक कार्यालयको लागि निकै चुनौतिको रुपमा रहेको समेत बताउनुभयो । आफु उदयपुर आएसँगै सडक दुर्घटनाको अवस्थाबारे जानकारी लिएको र त्यसबारे पहल कदमीका लागि बिभिन्न सम्बन्धित निकायहरु सँग आवश्यक छलफल र आह्वानहरु गर्दै आएको उहाँको भनाई छ ।
मिरिङचिङले बिषेशगरी मदन भण्डारी हाईवेमा सडक दुर्घटना बढी हुने बारे जानकार रहेको बताउनुभयो । यस हाईवेको पनि बिषेशगरी अँधेरी झरना आसपास हुने दुर्घटना भयावह रहेको उहाँको बुझाई छ । अँधेरी देखी जोगिटोल सम्म मुख्यतया ओरालो र घुम्ती त्यसमा तिव्र गति दुर्घटनाको कारण रहेको बिश्लेषण छ । इन्चार्ज मिरिङचिङका अनुसार मनोवैज्ञानिक तरिकाले पनि यस क्षेत्रमा दुर्घटना न्युनिकरण लागि सोँच बिचार गरिएको जनाउनुभयो । जस अन्तर्गत यस क्षेत्रमा मन्दीर निर्माण गरेर पुजा गर्ने बानीको विकास गर्ने बारे पनि सोचिरहेको उहाँको भनाई छ । अत्यादिक दुर्घटनाको केन्द्र बनेको अँधेरी जोगि टोल आसपास मन्दिर बनाएर केहिबेर सवारी रोकेर पुजा गर्ने बानीको विकास गर्दा दुर्घटनालाई कम गर्न सकिन्छ की भन्ने बैज्ञानिक अनुमान लगाएका छौँ,“ उहाँले भन्नुभयो” । पुजा गर्ने वानीको बिकासले बिषेशगरी सवारीलाई स्लो गराउने, रोक्ने र तातिएको ब्रेक इन्जीन सेलाउन मदत गर्ने यदि यस्तो भएमा सवारीहरु आरामले ओरालो र घुम्तीमा सहजताले गुडाउन सकिने उहाँको भनाई छ । यो सँगै सडकमा राखिएको ठुला ठुला डिभाईडरहरुलाई पनि व्यवस्थित गर्नु पर्ने जनाउनुभयो । सडक लेन छुटाउन सानासान सिंगनलहरु भएपनि लेन छुटिने तर ठुला डिभाईडरले सडक ओगट्दा पनि दुर्घटना बढ्ने इन्चार्ज मिरिङचिङको भनाई छ । त्यसका लागि सिडिओ सँग समेत कुरा भैरहेको उहाँको भनाई छ ।
