Thursday, July 23News That Matters

उदयपुरमा ४९९ सदस्यीय नेपाली कम्युनिष्ट पार्टी कमिटि, आज नै सफत तथा प्रशिक्षण

पूर्णपुष्टि/उदयपुर, साउन ७ ।
विभिन्न दलको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीको ४९९ सदस्यीय उदयपुर जिल्ला कमिटि आज घोषणा भएको छ । पार्टी उदयपुर एकता भेलाको आयोजना गरी विनोद खड्काको संयोजकत्व तथा दोर्ण पौडेलको सहसंयोजकत्वमा बनेको जिल्ला कमिटिको सफत ग्रहणसमेत आज नै भएको छ ।
कमिटिलाई पार्टीको कोशी प्रदेश इन्चार्ज एवम् पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सपथ गराएका हुन् । नयाँ कमिटि तथा कार्यकर्ताहरुलाई पार्टीका केन्द्र तथा प्रदेश तहका नेताहरुले प्रशिक्षणसमेत दिएका छन् ।
पार्टीका प्रदेश संयोजक हर्कबहादुर नेमवाङ (मिक्सो), प्रदेश सह इन्चार्ज सावित्राकुमार काप्mले, अर्का सहइन्चार्ज पर्शुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए । नेताहरुले प्रशिक्षणात्मक मन्तब्य दिदै अवको नेपाली राजनीतिक शक्तिको रुपमा उदाएको र पार्टीको शक्ति र सन्देशलाई गाउँटोलसम्म पुर्याउनु पर्ने बताए । नेपाली कम्युनिष्टहरुको छरिएर रहेको पार्टीहरु एकता भई एउटा सिंगो कम्युनिष्ट शक्तिको रुपमा खडा भएकाले उच्च मनोबलका साथ आगामी स्थानीयतहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका थिए ।
नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा नेपाल, नेकपा माओवादी विप्लब समुह लगायतको एकताबाट उदयपुरमा बनेको कमिटिले आजबाट पार्टी गतिविधि थालेको संयोजक खड्काले बताएका छन् । गाईघाट स्थित होटल टाउनको सभाहलमा सम्पन्न एकता भेलाले नेपाली कम्युनिष्ट राजनीतिक एकताको सन्देश दिएको सहभागिहरुले बताए ।