
पूर्णपुष्टि, चैत ३ । उपराष्ट्रपति पदका लागी मतदान सुरु भएको छ । आज बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो तिन बजेसम्म हुनेछ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा मतदान सुरु भएको हो ।
उपराष्ट्रपति पदका लागी एमालेकी अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र जसपाका रामसहायप्रसाद यादव उम्मेदवार छन् । रामसहायले मतदान गरेका छन् भने दुई उम्मेदवार सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् । मतदान गर्न नपाएपनि शाक्य र झा मतदान स्थलमा पुगेकी छिन् ।
जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको बताएकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।
अन्य सांसदहरुले पनि उम्मेदवार चयनका लागी मतदान गरिरहेका छन् । मतदान भईसकेको केहि घण्टा भित्र मतपरिणम सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
