पूर्णपुष्टि, माघ ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख भएकी ईन्दिरा रानाले विज्ञप्ती जारी गर्दै पार्टी देखी अलग भएको जनाएका छन् । सोमबार रानाले विज्ञप्ती जारी गरी पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् ।
उनि सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन् । रानाले आज साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने छिन् ।
