
पूर्णपुष्टि, फागुन १
नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल उदयपुरले गाईघाटमा एमसीसीको चर्को बिरोध गरेको छ । सबै पार्टीहरुले आफ्नो स्वार्थको लागि बोलिरहेको अवस्थामा एकीकृत समाजवादी पार्टी युवा संघ नेपालले भने यसको चर्को बिरोध गरेको जनाएको छ । पिपलचोकमा भएको बिरोध कार्यक्रमा युवा नेताहरुले एमसीसीको बारेमा एमाले केही नबोल्ने र कांग्रेस भने राष्ट्रघाती एमसीसी पास गर्नमा लागि परिरहेको आरोप लगाए ।

नेकपा एस त्रियुगा नगर अध्यक्ष जनार्दन रेग्मीले एमसीसी अनुदान नभई यो स्वार्थ पुर्ण सहयोग रहेको स्पट पारेको छ । यदि अनुदान हो भने किन संसद बाट पास गर्नु पर्ने कारण उनले कारण सोधे ।
अमेरीकाले देशका सबै नेताहरुलाई एमसीसी पास गर्न धम्की दिरहेको अवस्थामा आफुहरुले भने यसलाई कुनै हिसावले धम्की नसहने र यसको बिरोधमा उत्रिने जनाएको छ ।

रेग्मीले कांग्रसले एमसीसी बारे प्रष्ट अध्यान गरेको छ या छैन तर पनि एकोहोरा एमसीसी पास गर्ने भन्दै लागिरहेको अवस्थामा यस धारणा प्रति आफुहरु विपक्ष रहेको समेत जनाए । बिरोध कार्यक्रममा प्रदेश सांसद सुनिता चौधरी, अखिल नेपाल महिला संघ समाजवादी अध्यक्ष पशुपती चौधरी, अन्य युवा नेताहरु बिक्रमी चौधरी, किसन राई लगायत पार्टी कार्यकर्ताहरु सहभागी रहेका थिए ।



