
पूर्णपुष्टि, फागुन ८
एमसीसी टेवुलीङ नजिकिए सँगै विरोध कार्यक्रमहरु बढेको छ । उदयपुरमा आईतवार विप्लव सहितका ५ दलले जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गरेको छ । ५ दललको संयुक्त कार्यक्रममा राष्ट्र्घाती सम्झौता विरुद्ध जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको जनाईएको छ । उनिहरुले प्रशासन घेराउ लेखिएको व्यानर सहित बिरोध प्रदर्शन र्याली निकाल्दै घराउ कार्यक्रममा सहभागी जनाएका थिए ।

कार्यक्रमको नेतृत्व नेकपा (विप्लव) समुहको केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, नेकपा (माले) केन्द्रीय सदस्य राम प्रसाद चौलागाईं ,नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य मोहनसिंह तामाङ, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल जिल्ला संयोजक लिल बहादुर बि क. लगायतका संयुक्त नेतृत्वममा ५ दल १ मोर्चाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति भएको थियो ।
घेराउ कार्यक्रममा करिब ८० जनाको उपस्थिति रहेको र विभिन्न नाराहरु लगाउदै पिपल चोक बाट मेनचोक,ट्राफिक चोक गाईघाट आँखा अस्पताल , उदयपुर जिल्ला अस्पताल हुँदै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए ।

किार्यक्रममा दलाल सरकार मुर्दावाद, दलालहरु सरकार होसियार, अमेरिकी साम्राज्य मुर्दावाद, राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ, राष्ट्रघाती एमसिसी खारेज गरौ, दलाल सम्सदिय ब्याबस्था मुर्दाबाद, संयुक्त आन्दोलन जिन्दावाद, वैदेशिक हस्तक्षेप बन्द गर जनमत सङ्ग्रहको घोषणा गर लगायतका नाराहरु लगाएका थिए ।

