
पूर्णपुष्टि, पुष २४
एमाले उदयपुरको उपसिवमा महिला नेतृ सिर्जना दनुवारले दावी गरेकी छिन् । दनुवारले पार्टीको योगदान र कदरका साथ अहिले सम्म इमान्दारी र बफदारी रहेर काम गरेको भन्दै उपसचिवमा आफ्नो नेतृत्व आवश्यक रहेको ठानेर उम्मेदवारी घोषणा गरेकी जनाईन् । हिजो मात्रै खुल्ला सत्र सकेर बन्द सत्रमा उक्लिएको एमाले उदयपुरको आठौँ अधिवेशनको क्रममा दनुवारले उपसचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

२०४८ साल देखी नेकपा एमालेको राजनैतिक यात्रा सुरु गरेकी दनुवारले मानव अधिकार एलाईन्सको केन्द्रिय सचिवालय सदस्य, बुद्धिजिवी परिषद् जिल्लाको सदस्य, गैसस महासंघको जिल्ला अध्यक्ष हुँदै केन्द्रिय उपाध्यक्ष सम्मको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् ।
अनेम संघको केन्द्रिय सदस्य समेत रहनुभएका दनुवार हाल एमाले उदयपुरको सचिवालय सदस्य हुनुहुन्छ । पार्टी संकटको बेलामा दनुवारले नेकपा एमाले त्रियुगा नगरको अध्यक्षको रुपमा जिम्मेवारी निर्वाह गरेकी थिईन ।

