Saturday, June 13News That Matters

एमाले उदयपुरले प्रतिनिधि सभा सदस्यको लागि ११ जनाको नाम सिफारिस गर्यो

पूर्णपुष्टि, भदौ १९
उदयपुरमा एमालेले प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरेको छ । उदयपुरमा दुई ओटा क्षेत्र मध्ये क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट ६ जनाको नाम सिफारिस भएको छ ।आइतबार बसेको नेकपा एमाले उदयपुरका दुबै क्षेत्रको बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सहमति जुट्न नसकेपछि ११ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

जिल्लाको क्षेत्र नम्बर १ बाट एमाले पोलिटब्यूरो सदस्य रहनु भएकी मञ्जु कुमारी चौधरी सहित एमाले प्रदेश १ कमिटी सदस्य डा. देवराज रोका(कल्याण), प्रदेश कमिटि सदस्यहरु बिमल कार्की र सुरेश तामाङ्ग सिफारिस हुनुभएको छ

मञ्जु कुमारी चौधरी यस अघि पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । उहाँले कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग पराजित हुनुभएको थियो । त्यस्तै बिमल कार्की प्रदेश सांसद् समेत हुनुहुन्छ । अघिल्लो प्रदेश सभा चुनावमा उदयपुर क्षेत्र नम्बर १ मा रहेको दुई क्षेत्र मध्ये कार्की (क) बाट निर्वाचित हुनुभएको थियो

त्यस्तै क्षेत्र नम्बर २ बाट एमाले प्रदेश १ का उपसचिव शैलेस लामा सहित एमाले प्रदेश १ कमिटी सदस्यहरु बेदप्रसाद पोख्रेल, कला घले, अम्बर बहादुर रायमाझी, प्रेम गौतम, भेषराज थापा र उदयपुर जिल्ला कमिटी उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ रहनु भएको छ । कला घले अघिल्लो प्रदेश सभाको चुनावमा निर्वाचित प्रदेश सांसद् तथा मन्त्री समेत हुनुभएको थियो । घले उदयपुर क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित भएर प्रदेश सांसद हुनुभएको हो । त्यस्तै शैलेस लामा विद्यार्थी आन्दोलन देखि सक्रिय राजनितिमा लाग्नु भएको तथा अनेरास्ववियुका पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ ।