
पूर्णपुष्टि, जेष्ठ २६ । एमाले कोशी प्रदेशले पहिचानको नाममा आन्दोलन गरिरहेको पहिचान पक्षधरहरुले एमालेका नेताहरुमाथि पटक पटक आक्रमण गरेको भन्दै घोर भत्सर्ना गरेको छ । एमाले कोशी प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपानेले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तीमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार सवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि घटनाको निन्दा गरेको बताएका छन् ।
बिहिबार ईलाममा कोशी प्रदेशका सांसद तथा एमाले केन्द्रिय कमिटीका सदस्य रामबहादुर रानामाथि आक्रमणका साथै गाडिमा मोविल खन्याएर आगो लगाउने दुसप्रयास भएको छ भने उदयपुर जिल्लाको श्री १८ नं बाहिनी भुल्केमा रहेको सर्पदंश उपचार केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तर गरी फर्कने क्रममा उपसभामुख सिर्जना दनुवार र त्रियुगा नगरापालिकाको उपमेयर महेश्वरी राईमाथि पहिचानवादी बताउने एक हुल मानिसले गरेको आक्रमणलाई एमालेले अपराधिक क्रियाकलापको संज्ञा दिएको छ ।
त्रियुगा नगरापालिकाको उपमेयर महेश्वरी राईलाई लक्षित गरी नारा जुलुस गर्दै ढुङ्गा मुढा प्रहारबाट उपमेयर महेश्वरी राई सवार सवारी साधनमा गम्भिर क्षती पुगेकोले यस्तो अवाञ्छित, जधन्य र अपराधपुर्ण घटनाहरुले एमाले कोशी प्रदेश गम्भिर बनेको बिज्ञप्तीमा उल्लेख छ । दोषीलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षा वहाल गर्न संघिय सरकार संग माग गरेको छ भने एमाले पार्टी नेता, कार्यकर्तामाथि हुने गरेका आक्रमण र हिंसाका घटको डटेर प्रतिवाद गर्ने संकल्प लिएको छ ।

