Friday, May 22News That Matters

एमाले उदयपुरका जिल्ला सचिवालय सदस्य राईलाई मातृशोक

पूर्णपुष्टि, ८ असार ।
एमाले उदयपुरका जिल्ला सचिवालय सदस्य तथा ताप्ली गाउँपालिका इन्चार्ज बाबुराम राईलाई मातृ शोक परेको छ । परिवारका अनुसार ७८ बर्षिय गौलक्षी राईको उपचारको क्रममा वीर अस्पताल काठमाण्डौँमा निधन भएको हो । उनीको शुक्रबार पशुपति आर्यघाटमा अन्यष्टी गरिएको पनि परिवारले जनाएको छ ।

राईको आमा गौलक्षीलाई नेकपा एमाले कोशी प्रदेश कमिटिका सचिवालय सदस्य तथा उदयपुर क्षेत्र(२ का प्रतिनिधि सभा सदस्य अम्बर बहादुर रायमाझीले पशुपति आर्यघाटमै पुगेर पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।

रायमाझी सहित नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपमहासचिव देवराज राई, नेकपा एमाले जिल्ला सदस्य नोख श्रेष्ठ, नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीका सदस्य भिम दर्नाल श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा पुगेका थिए भने, नेकपा एमाले उदयपुर(काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरी, उपाध्यक्षद्वय खड्ग मगर, राकेश राई, सचिव रिता थापा र सदस्य अनु मगर र सम्पर्क मञ्चका सल्लाहकार सदस्य शेर बहादुर बलम्पाकी मगर पनि श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा सहभागी थिए ।