Wednesday, June 17News That Matters

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाउन जाँदै

पूर्णपुष्टि,फागुन १५ । नेकपा (एमाले)ले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर नेकपा (माओवादी केन्द्र) ले समिकरण बदलेपछि एमालेले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै केहीबेरमा मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामा बुझाउन बालुवाटार जान लागेको श्रोतले बताएको छ । हिजोमात्रै राप्रपापनि सरकारबाट बाहिरिएको हो ।

कृषिमन्त्री ज्वाला साहले भन्नु भयो ‘हामी पार्टीबाट मन्त्री भएकाहरु सबै जना दलको कार्यालयमा जम्मा भएर केहीबेरमा बालुवाटार जाँदै छौ । हरि उप्रेती बिरामी हुनुहुन्छ, बाँकी सातै जना बालुवाटार पुगेर राजीनामा दिन्छौ ।’ नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए ।