Wednesday, June 10News That Matters

एमालेले निकालेको होईन ‘आफैले नै केन्द्रिय सदस्य त्यागे’ : दुर्गा प्रसाई

पूर्णपुष्टि, फागुन १० गते । एमालेका पूर्व नेता दुर्गा प्रसाईले एमालेले नभई आफुले नै केन्द्रिय सदस्य त्यागेको बताएका छन् । एमाले छाडेर नागरिक बचाऔँ अभियान सुरु गर्ने क्रममा धनगढी पुगेका प्रसाईँले यस्तो बताएका हुन् । प्रसाईले भने ‘केपी हजुरबुबालाई तपाईको केन्द्रीय सदस्य तपाईँ नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ’ ।

उनले एमालेलाई प्रश्न गर्दै भने मैले पानसमा पूर्व राजाबाट दियो बालेकै कारण कारबाही गर्नुपर्ने, केपी बाले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाईरहँदा उहाँलाई कार्वाहि गर्नुपर्दैन । पूर्वराजाबाट अभियान सुरु गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने अध्यक्ष केपी शर्मा ओलीलाई पनि कारबाही हुनुपर्ने प्रसाईले बताएका छन् ।