Tuesday, June 30News That Matters

एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान विरुद्ध १७९ रनमा अलआउट नेपाल

पूर्णपुष्टि, असार २९ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँगको आफ्नो पहिलो खेलमा नेपाल ३६.५ ओभरमा १७९ रनमा अलआउट भएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालको लागी सोमपाल कामीले अर्धशतक प्रहार गरेपछि पाकिस्तानले १ सय ८० रनको लक्ष्य पाएको छ । १ सय १ बल खेलेका कामीले दुई छक्का र नौ चौका प्रहार गर्दै ७५ रनको योगदान गरे ।

उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए । प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रममा कुनै पनि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागी आसिफ शेखले १२ रन बनाए, अर्जुन साउदले १७ रन बनाए, कुशल मल्ले १७ रन बनाए र गुल्सन झाले १३ रन बनाए ।