
पूर्णपुष्टि, जेठ १० गते ।
उदयपुरको कटारी नगरपालिका–३ मा गठबन्धनका उम्मेदवार पुष्कर खड्का वडाध्यक्षमा विजयी भएका छन् । खड्काले ७८७ मतका साथ आफ्नो प्रतिस्पर्धी जसपा नेपालका उम्मेदवार सुरेन्द्र राईलाई हराएर विजयी भएका हुन् । राईले ५९३ मत प्राप्त गरेका थिए ।
सदस्यहरुमा प्यानलै नेकपा एमालेको आएको छ । महिला सदस्यमा भगवती अधिकारी ५६७ मत ल्याएर विजयी भएका छन् भने दलित महिला सदस्यमा पदमकुमारी विश्वकर्मा ५५४ मत ल्याएर जिते हासिल गरेकी हुन् । यता खुल्ला सदस्यमा युवराज खतिवडा ५७१, पप्पु खाँ ५३० मतका साथ विजयी भएका छन् ।
