Wednesday, June 10News That Matters

कटारीमा एमाले पछ्याउदै काँग्रेस

पूर्णपुष्टि, जेठ ८ गते ।
उदयपुरको कटारी नगरपालिका–१० मा मतदान पश्चात गोली चल्दा १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको थियो भने १३ वर्षीय मोहन श्रेष्ठ घाइते भएका हुन् । सोही घटनाले कटरीको मत गणना केही समयको लागि स्थगित गरिएको थियो ।
अहिले निरन्तर मत गणनाको कार्य भईरहदा एमालेबाट मेयर पदका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ ३३०० मतका साथ अगाडी रहेका छन् । श्रेष्ठलाई ३१३३ मतका साथ गठबन्धका उम्मेवाद राजेश चन्द्र श्रेष्ठले पछ्याइरहेको छ ।
यता, उपमेयर पदमा एमालेकै उम्मेदवार गिता खड्का ३४३७ मतका साथ अगाडी रहेका छन् । खड्कालाई गठबन्धनबाट विनोद कटुवालले २५२३ मतका साथ पछ्याइरहेको छ । अहिले सम्म कटारीको ९ वटा वडामा गणना सकिएको छ । वडा १४ मा अम्बरबहादुर मगर, १३ मा शम्भु श्रेष्ठ, १२ मा यम्बरबहादुर कटुवाल, ११ मा अनन्त हायु, १० मा क्षेत्रबहादुर खड्का, ९ मा वेग बहादुर आलेमगर, ८ मा नविन्द्रकुमार तामाङ, ७ मा सुविन ढुंगाना र ६ मा प्रेमबहादुर मगरले वडा अध्यक्षमा विजयी भएका छन् । अब १, २, ३ र ४ गणना गर्न बाँकी रहेको साथै ५ नं. वडामा भने गणना जारी रहेको छ ।