
पूर्णपुष्टि, १४ मंसिर ।
उदयपुर जिल्लाको कटारी–४ मा अवस्थित एभरेस्ट कलेजले यसै शैक्षिक सत्रदेखि बिबिए ९ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन० कक्षा सञ्चालन गर्न थालेको छ। बिहीबार कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य राम कुमार खत्रीको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रमका बीच कलेजको औपचारिक उद्घाटन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि राम कुमार खत्रीले बिबिए कक्षा सञ्चालनसँगै यस क्षेत्रका विद्यार्थीलाई ठूला शहरमा धाउनु पर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्दै व्यवस्थापन विषयमा दक्ष जनशक्ति उत्पादनको बाटो खुलेको बताउनुभयो। उहाँले यस कार्यक्रमले स्थानीय मात्र नभई छिमेकी जिल्लाका विद्यार्थीहरूलाई समेत उच्च शिक्षामा सहज पहुँच प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काले बिबिए कार्यक्रमले कटारी क्षेत्रको शैक्षिक प्रगतिमा महत्वपूर्ण उपलब्धि थपेको बताउँदै यसले विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने धारणा राख्नुभयो।
कलेजका संचालक डा। दिपेश प्ररसैलाले बिबिए कार्यक्रमको विशेषताबारे चर्चा गर्दै भन्नुभयो, ूबैंकिङ, वित्तीय र व्यवस्थापन क्षेत्रमा बिबिए अध्ययन गरेका व्यक्तिहरूको माग अत्यधिक छ। यो कार्यक्रमले विद्यार्थीहरूलाई रोजगार पाउन सजिलो बनाउने मात्र होइन, उनीहरूलाई विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ।ू
यस शैक्षिक सत्रमा बिबिए अध्ययनका लागि ४० जनाको कोटा तोकिएको छ। कलेजले स्थानीय विद्यार्थीलाई प्राथमिकता दिने र योग्य विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने नीति लिएको छ। बिबिए अध्ययनका लागि चार लाख रुपैयाँ शुल्क तोकिएको भए पनि यसले विद्यार्थीलाई दीर्घकालीन लाभ प्रदान गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा कटारी नगरपालिका वडा नं। ३ र ४ का अध्यक्ष पुष्कर खड्का र भुपेश तामाङ, उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष जमान सिंह बस्नेत, चेम्बर अफ कमर्स कटारीका अध्यक्ष पवन श्रेष्ठ, कटारीका विभिन्न वित्तीय संस्थाका प्रमुखहरू, स्थानीय विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
