Wednesday, June 10News That Matters

कर सहयोगी श्रमिक सङ्गठन उदयपुरको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न

पूर्णपुष्टि,जेष्ठ १२ । गाईघाटमा कर सहयोगी श्रमिक संगठन नेपाल जिल्ला कार्य समिति उदयपुरको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार त्रियुगा नगरपालिका–३, मा अवस्थित जे एण्ड एल फुटल्याण्ड एण्ड पार्टी भेन्युको सभाहलमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले नारायण थापाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । संगठनको वरिष्ठ उपाध्यक्षमा बासु थापा, उपाध्यक्ष गोमा श्रेष्ठ, उपाध्यक्ष टेकराज निरौला, सचिब बादल खतिवडा, सहसचिब दिनेश अधिकारी र कोषाध्यक्षमा युबराज लयालु रहेको छ । यस्तै सदस्यहरुमा अपिल राउत, कमल कार्की, गोबिन्द भट्टराई र स्मृति मगर रहेकी छिन् ।

कर सहयोगी श्रमिक संगठन नेपालका केन्द्रिय अध्यक्ष तारानाथ दाहालले कर सहयोगीहरुको क्षमता अविवृद्धि गर्नु पर्ने र कर सम्बन्धी उच्चीत तालिमको व्यवस्तापन प्रत्येक जिल्ला–जिल्लाहरुमा गराउँनु पर्नेमा जोड दिए । दाहालले कल्याणकारी कोषको स्थापना गरी कर सहयोगीहरुले राजस्व संकलमा महत्व पूर्ण भुमीका निर्वाह गर्दै आएको पनि जनाए ।

कर सहयोगीलाई सरकारले परिभाषित गरेपछि कर सहयोगी श्रमिक संगठन, नेपालको जन्म भएको बताईएको छ । नेपालमा हालसम्म ३३ वटा जिल्लामा कर सहयोगी श्रमिक संगठनको शाखा बिस्तार भैसकेको जिल्ला कार्यसमिति उदयपुरको उपाध्यक्ष बासु थापाले बताए ।