
पूर्णपुष्टि, असोज १ गते ।
किरात पत्रकार संघ जिल्ला कार्य समिति उदयपुरको अध्यक्षमा बिजय राई चयन भएको छ । बुधबार गाईघाट स्थित त्रियुगा नेशनल एजुकेशनको सभाहलमा आयोजित छैँटो अधिवेशनले बिजय राईको नेतृतवमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा चेवान राई, महिला उपाध्यक्ष्मा भावना राई, सचिवमा नयनराज राई सहसचिवमा सरोज अर्पण राई, कोषाध्यक्षमा संगिता राई र सदस्यहरुमा अनिल राई, आषिश चाम्लीङ राई र बेदना राई रहेको छ । यस्तै केन्द्रीय प्रतिनिधिका लागि बिक्रम राई, राजेन्द्र दुष्ट र संगिता राई रहेको छ । किरात पत्रकार संघ केन्द्रीय सचिव बुद्धि चाम्लीङ राईको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न गरिएको हो । कार्यक्रममा अग्रज पत्रकार महेश्वर चाम्लीङ, हरि कुमार राई, भोटराज राई, गंगा राई, ऋषी राई, दिनेश राई र देभराज राई लगायत उपस्थिति रहेको थियो ।
