Wednesday, April 22News That Matters

कोशी प्रदेश सरकार स्थायी संरचनाविहीन, ८ वर्षदेखि भाडा र केन्द्रीय भवनमा कार्यालय

पूर्णपुष्टि, पुष ९ । कोशी प्रदेश सरकार स्थापना भएको ८ वर्ष बितिसक्दा पनि आफ्नो स्थायी संरचना निर्माण गर्न सकेको छैन । अधिकांश मन्त्रालय र कार्यालयहरू संघीय सरकारका पुराना क्षेत्रीय कार्यालय र भाडाका भवनमा सञ्चालन हुँदै आएका छन् ।

मुख्यमन्त्री कार्यालयसमेत तत्कालीन क्षेत्रीय कृषि कार्यालयको भवनमा सञ्चालन छ । प्रदेश सरकारले विगत ७ आर्थिक वर्षमा ५ अर्ब १६ करोड रुपैयाँ बराबरको जिन्सी सम्पत्ति जोडे पनि आफ्नो नाममा कुनै जग्गा छैन ।कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेशको स्थायी संरचना निर्माणका लागि कम्तीमा २० बिघा जग्गा आवश्यक छ । यसका लागि विराटनगरबाट १० किलोमिटर भित्रको क्षेत्रमा जग्गा खोजी गरिने उनले बताए ।

यसअघि केदार कार्की मुख्यमन्त्री रहँदा विराटनगर–५ र ६ मा ७ बिघा जग्गा प्राप्त गर्ने निर्णय भएको थियो । तर त्यसको कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारले चालु आर्थिक वर्षमा भौतिक संरचना निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।