
पूर्णपुष्टि, चैत्र २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित कोशी प्रदेशका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु र मोर्चाका नेताहरुको टोलीले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त आश्वाशन दिएका हुन् ।
सुरुमा पहिचानको मुद्धा माओवादीले उठाएकोले त्यसलाई अझै पनि नछाड्ने बताउदैँ पार्टीको तर्फबाट कोशी प्रदेशको नाम सच्याउनको लागी पहल गर्ने प्रधानमन्त्रीले बताएका हुन् । कोशी प्रदेशमा मतदान गर्ने पक्षमा पार्टी केन्दको नीति नरहेको पनि प्रचण्डले बताएका थिए ।
गत फाुन १७ गते प्रदेश सभामा कोशी प्रदेशमा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि प्रदेशको नाम सच्याउने पक्षमा रहेको छ । १ नंम्बर प्रदेशको नाम प्रदेश सभाबाट ‘कोशी’ पारीत भएपछि पहिचानवादीहरुले कोशी प्रदेशको नाम खारेजीको माग सहित पुन स् नामकरण गर्नुपर्ने भन्दै आन्दोलन सुरु गरेको थियो ।
माओवादी केन्द्रका नेता हिमाल किराँतीले कोशी प्रदेशको नाममा मिसअन्डरस्ट्याण्डिङ भएको बताएका छन् । उनले भने अब शान्तिपूर्ण ढंगले सच्याएर समस्याको समाधान कसरी हुन्छ तपाईले प्रदेशमा पहल गर्नु र म पार्टीको तर्फबाट यहाँ पहल गर्छु प्रधानमन्त्रीले भन्नुभएको छ । नामकरणको विरोधमा रहेका राजनीतिक दल र संघसंस्थाहरुले २५ चैतपछि ‘निर्णायक’ आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनमा माओवादी केन्द्रले पनि ऐक्यबद्धता जनाएको छ ।
कोशी प्रदेशको बिरोधमा प्रहरीको लाठी प्रहारबाट पदमबहादुर लिम्बु (लाजेहाङ्ग) को उपचारको क्रममा मृत्यु भएपछि प्रधानमन्त्री प्रचण्डले आन्दोलनरत पक्षका प्रतिनिधिहरुसँग भेटेका थिए । सो भेटपछि प्रचण्डको निर्देशनमा छानबिन समिति गठन भएको थियो । मृत्यु भएका लिम्बुको परिवारलाई कोशी प्रदेशले ३ लाख राहत दिने निर्णय गरेको छ भने माओवादी केन्द्रले लिम्बुलाई सहिद घोषणा गरेर घाईते सबै जनाको नि शुल्क उपचार गर्न सरकारसँग माग गरेको छ ।
