
पूर्णपुष्टि, १४ चैत्र ।
कोशीमा बेपत्ता लोक बहादुर मगरको पनि शव फेला परेको छ । मगरको रिदम र रेखा भन्दा ८ किलो मिटर तल कम्फुघाट पुल मुनी शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रिदमको मंगलबार दिउँसो घिर्लिङ भन्ने ठाउँमा शव फेला परेको थियो भने रेखाको बुधबार बिहान रिदमको भन्दा एक किलोमिटर तल शव फेला परेको थियो । लोक बहादुरको भने उनिहरुको भन्दा निकै तल बुधबारकै दिन दिउँसो शव फेला परेको हो ।
बेपत्ता अवस्थामा रहेको लोक बहादुरको पनि शव फेला परे सँगै बेपत्ता तिनैजनाको शव फेला परेको हो । उनिहरु आईतबार होली खेल्ने क्रममा कोशीमा बेपत्ता भएका थिए । बेपत्ता तिनै जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र जनप्रतिनिधिहरुले तिव्र खोजी कार्य गरिरहेका थिए । वडाअध्यक्ष हिम मगरले करिब ४ दिन पछि तिनै जना बालवालिकाको शव फेला परेको जनाए । अध्यक्ष मगरको अनुसार त्रियुगा नगरपालिका वडा नं १४ साउने बजारका १२ बर्षिया रेखा मगर, ९ बर्षिय रिदम मगर र १२ बर्षिय लोक बहादुर मगर बेपत्ता अवस्थामा रहेको थियो । रेखा र रिदमको शव भने पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगि सकिएको अवस्था छ । कोशीमा बगेर तिनै जनाको मृत्यु भएपछि परिवार र साउने बजार शोकमा डुवेको छ । उनिहरु सँगै कोशीमा छिरेका ५ जनालाई भने स्थानीयहरुले सकुशल उद्धार गरेको थियो । होली खेल्दै साउनेबाट बाँजगरा धाप्लाङ पुगेका उनिहरु कोशीमा छिरेका थिए ।
