Sunday, May 3News That Matters

कोशीमा बेपत्ता बालिका रेखा मगरको पनि शव फेला पर्यो

पूर्णपुष्टि, १४ चैत्र ।
आईतबार देखी कोशीमा बेपत्ता १२ बर्षिया रेखा मगरको पनि शव फेला परेको छ । स्थानीय र प्रहरीको खोजी कार्यमा रेखाको शव बुधबार बिहान रिदमकै शव देखी केही तल फेला परेको प्रहरीले जनाएको छ । रिदमको शव मंगलबार घिर्लिङ भन्ने ठाउँमा फेला परेको थियो । बेपत्ता तिन मध्ये रेखा र रिदमको शव फेला परेको छ भने लोक बहादुर अझै बेपत्ता अवस्थामा छ । उनको पनि खोजी कार्य भैरहेको छ । होली खेल्ने क्रममा यी तिनै जना कोशीमा धाप्लाङ बाँजगराबाट बेपत्ता भएको थियो । उनिहरु सँगै छिरेका अन्य ५ जनालाई भने स्थानीयहरुले सकुशल उद्धार गरेका थिए ।