Thursday, June 4News That Matters

गठबन्धनलाई चुनाव जित्न समस्या छैन : प्रचण्डको दाबी

पूर्णपुष्टि, वैशाख २२ गते ।
गठबन्धनलाई चुनाव जित्न समस्या नभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । चितवनको भरतपुरमा बिहीवार हुने चुनावी सभालाई सम्बोधन गर्न आएका दाहालले भरतपुरमा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनको धेरै स्थानमा जित हासिल हुने दाबी गरे ।
बागी उम्मेदवार जगन्नाथ पौडेलप्रति इंगित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेको भन्दै फैसला जनताको हातमा रहेको बताए ।
भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार छिन् ।