Sunday, May 3News That Matters

गाईघाट खानेपानी भवन निर्माणको काम तत्काललाई रोक्न निर्देशन

पूर्णपुष्टि, १३ फागुन ।
गाईघाट स्थित साकेला टोलमा निर्माण भैरहेको गाईघाट खानेपानी उपभोक्ता समितिको निर्माणधिन भवनको काम तत्काललाई रोक्न निर्देशन गरिएको छ । त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले हाललाई काम रोक्न भनिएको हो । राईले निर्माण कम्पनीका ठेकेदार र इन्जीनियरलाई काम रोक्न निर्देशन दिईएको हो । निर्माणधिन भवन कमजोरी अवस्थामा रहेको भन्दै यसको पूर्ण अनुसन्धान र रिपोर्ट चेक गरेर मात्रै काम अघि बढाउन भनिएको हो ।

आईतबार निर्माण भवनको अनुगमन गर्दै आफ्नो समेत प्राविधिक टोली ल्याएर भवनको मापदण्डबारे पत्ता लगाउने उमेयर राईले जनाए । राईले भवन निर्माणमा नाँगो आँखाबाट हेर्दा त्रृटी देखिएको स्वीकार गरिन् । तर प्राविधिक परिक्षणले के भन्छ भन्ने बारे यकिन नरहेको जनाए । उनले यस भवनको निर्माण कार्य सुन्तुष्टी नदेखिएको भन्दै परिक्षण पश्चात इन्जीनियर, जनप्रतिनिधि, स्थानीय, उपभोक्ता समिति संञ्चारकर्मीहरुको अगाडी रिपोर्ट प्रस्तुत गरेर मात्रै कामलाई अघि बढने जनाए । उक्त भवनको पिलर र भिमहरु सबै खराब देखिएको छ । लापर्वाही ढंगबाट निर्माण भएको भवनलाई स्थानीय र मिडियाले कुरा उठाएपछि कम्जोरी पिलरहरुमा टालटुलको काम गर्दै आएका थिए । सबै पिलरहरुमा अहिले टालटुलको काम गरेर आँखा छल्ने काम भैरहेको छ ।