Wednesday, April 22News That Matters

गाईघाट फुटबल क्लब उदयपुर ए डिभिजन लिगको फाईनलमा

पूर्णपुष्टि, जेठ १४ । गाईघाट फुटबल क्लब उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । सोमबार भएको दोस्रो सेमिफाईनलमा गाईघाट फुटबल क्लबले नव प्रभात नेपाल पोर्ताहालाई २–० गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको हो ।

गाईघाटका लागी जर्सि नं १२ का संदिप लिम्बुले दुई गोल गरे । उनले खेलको १६ र ५५ औं मिनेटमा गोल गरे । यस प्रतियोगिताको म्यान अफ द म्याच सोही जर्सि नं १२ का संदिप लिम्बु भए । अब उपाधिका लागी गाईघाट फुटबल क्लब र फ्युजन फुटबल क्लब बोक्से बिच प्रतिष्पर्धा हुनेछ । फाईनल खेल बुधबार हुनेछ । लिग विजेताले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।