Thursday, June 18News That Matters

गाईघाट रोजगार मेला : रोजगारी र तालिमका लागि १२३ जनाले भरे फर्म

पूर्णपुष्टि, २० जेष्ठ ।
गाईघाटमा भएको एक दिने रोजगार मेलामा १२३ जनाले रोजगार तथा सिप तालिमका लागि फर्म भरेको छ । त्रियुगा नगरपालिकाको आयोजना तथा त्रियुगा उद्योग बाणिज्य संघको सह–आयोजनामा शनिवार भएको रोजगार मेलामा दुई हजार बढी मानिसहरु सहभागी भएको आयोजकले जनाए ।

संघका अध्यक्ष रमेश रसाईलीले मेलामा तालिम प्रदायक, रोजगारदाता र साना लघुउद्यमीहरु सँग नजिक रहेर सहभागीहरुले मेलाको अनुगमन गरेको जनाए ।

जसमा रोजगारका लागि ६५ जना तालिमका लागि ३९ जना र कार्यरत अभ्यास सहित १० महिने तालिमका लागि १९ जनाले फर्म भरेको रसाईलीको भनाई छ । फर्म भर्ने सबैलाई आवश्यक अनुसार रोजगारदाताहरुले काम उपलब्ध गर्ने जनाईएको छ ।