
पूर्णपुष्टि, फागुन २७ । गाईघाटमा शनिवार बेलुका मशाल जुलुस प्रदर्शन गरिएको छ । साविकको प्रदेश नं १ लाई कोशी प्रदेश नामाकरण गरेको भन्दै पहिचानवादी जातजातिहरुले यसको चर्को विरोध गर्दै आएको छ । उनिहरुले कोशी प्रदेश नामाकरणलाई सच्चाएर किरात प्रदेश पहिचानको नामाकरण गर्नु पर्ने माग राखेको छ । किरात राई यायोख्खा सहित आदिवासी जनजाति, तामाङ संघ, मगर संघ, शेर्पा संघ, राजनितिक दलहरुको संयुक्त आयोजनामा राके जुलुस तथा पुत्ला दहन कार्यक्रम गरिएको हो ।
जनताको माग विपरिद प्रदेश सरकारले षड्यन्त्र पूर्वक नामाकरण गरेको कोशी प्रदेश नामाकरणको बिरोध गर्दै आज राके जुलुस भोली आम हड्ताल सहित बिभिन्न बिरोध कार्यक्रम राखिएको छ । आम हड्ताल कार्यक्रम कोशी प्रदेश भरीका १४ ओटै जिल्लाहरुमा गरिने जनाईएको छ । यता ५ गते बिराटनगरमा मुख्यमन्त्री कार्यालय घेराउ सँगै विसाल शक्ति प्रदर्शन समेत गरिने जनाइएको छ । जुलुस सँगै कोशी प्रदेश नामाकरणको पुत्ला दहन गरिएको छ ।

