Monday, April 20News That Matters

गाईघाटमा छैठ पुजाको तयारी अन्तिम चरणमा

पूर्णपुष्टि/गाईघाट/कार्तिक ९ गते ।
गाईघाटमा पनि आज धुमधाम छैठ पुजा मनाईँदैछ ।  साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिएर छैठ पुजाको सुरु गरिन्छ भने  बिहान अस्ताउँदो सुर्यलाई अर्घ दिँदै छैठको अन्त्य गरिन्छ । त्रियुगा छैठ पुजा समितिका अनुसार कार्यक्रमका लागि सम्पूर्ण तयारीहरु हुँदै छ । करिब ७५ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको जनाईएको छ । नदी आसपास सरसफाई देखी कार्यक्रम आसापास हरावारा बनाईएको छ । मुख्य गेट, झिलिमिली बत्ति, पुजाको लागि डाड निर्माण भैसकेको छ भने स्टेज पनि अन्तिम चरणमा रहेको छ । वारीपारीका लागि पुल निर्माण पनि अन्तिम चरणमा छ । यो बर्षको छैठ पुजा कार्तिक १० गते सोमवार रहेको छ ।