
पूर्णपुष्टि,चैत्र २३ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-८, चुहाडे स्थित झोरामा बृहत आदिम सांस्कृतक कार्यक्रम तथा प्रथम उदयपुर लोक–दाहोरी प्रतियोगित हुने भएको छ । चुहाडेमा अवस्थ्ति भेटघाट रेष्टुरेन्टको कभर्ड हलमा आयोजना गर्न लागिएको प्रतियोगिता २०८० बैशाख ५ गते शनिवार बिहान ११ बजे देखि सुरु हुने जनाएको छ ।
“कला, सस्कृतिको संरक्षण गरौँ, आन्तिरिक पर्यटनलाई प्रवद्र्धन गरौँ” भन्ने मुलनाराको साथ आदिम सामुदायिक तथा संस्कृतिक कला केन्द्रको आयोजनामा हुने प्रतियोगितामा बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती रहने जनाएको छ ।
कार्यक्रममा नेपालको चर्चित स्वरकी धनी गायिका रचन रिमालले आफ्नो लोकप्रिय गितहरु प्रस्तुत गर्ने छिन् । त्यस्तै उदयपुरका युवा गायक तथा लोक स्टार बिनोद दनुवार, मोडल शशिकला राई, गायक दिपेन्द्र राई, हास्य कलाकार रोशन मगर र आदिम सिंगिङ स्टार हिरा विश्वकर्मा साथै स्थानीय कलाकारहरुको विशेष प्रस्तुती हुने छ ।
