Sunday, May 3News That Matters

गाईघाटमा प्रदेश स्तरीय तेस्रो औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने

पूर्णपुष्टि, १६ चैत्र ।
गाईघाटमा प्रदेश स्तरीय तेस्रो बृहत औँद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ । आगामी बैशाख १२ गते देखी १८ गते सम्म एक हप्ते प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुन लागेको हो । नेपाल घरेलु तथा साना उद्योग माहासंघ उदयपुरको आयोजनामा स्थानीय औद्योगिक उत्पादन र रैथाने खानालाई मुख्य आकार्षण बनाएर यसको बजारीकरण तथा प्रचार प्रसारमा ध्यान पुराउँदै महोत्सव हुने जनाईएको छ ।

संघका जिल्ला अध्यक्ष मधुकार थापाले उदयपुर जिल्लामा औद्योगिक क्षेत्रको समस्याहरुलाई समाधान तर्फ उन्मुख गर्न प्रदर्शनीको आवश्यक रहेको जनाए । उदयपुरमा कृषि, जडिबुटी, पशुपंछी, स्थानीय कच्चा पदार्थ, खनिजजन्य र पर्यटन लगायतको प्रचुर सम्भावना भएको हुँदा यसलाई चलायमान बनाउन यस्ता प्रदर्शनी महोत्सवहरुले ठुलो भुमिका खेल्ने अध्यक्ष थापाले जनाए । यस महोत्सवमा कोशी प्रदेशका सबै जिल्लाहरुको औद्योगिक उत्पादन प्रदर्शन गरिने भएको छ । १४ ओटै जिल्लाका रैथाने खाना तथा उत्पादित वस्तुहरुलाई प्रदर्शनमा राखिने छ ।

साथै बिभिन्न जातजातिका पराम्परागत खानाहरु समेत प्रदर्शनी गरिने जनाईएको छ । जस अन्तरगत कृषि, वन तथा जडिबुटी, पर्यटन, बिज्ञान प्रविधि, हस्तकला, र स्थानीय कच्चापदार्थलाई बिषेश प्रदर्शनीको रुपमा स्थान दिईने छ । जसको लागि करिब एक सय ओटा स्टलहरु राखिने छ । यी सबै स्टलहरु निशुल्क प्रदान गरिने छ भने महोत्सवको लागि पनि टिकट निशुल्क रहने छ । उदयपुरमा ५३ सय को हाराहारीमा उद्योग दर्ता रहेको भएपनि हाल करिब १५ सयको हाराहारीमा मात्रै क्रियाशिल अवस्थामा रहेको अध्यक्ष थापाले जनाए । जिल्लाका केही उद्योगहरु हाल निश्क्रिय अवस्थामा छ भने केही उद्योगहरु भने रुग्न अवस्थामा छ । “मेहनत, श्रृजना उत्पादन र बस्तु मेरै नेपालको उद्योग गरौँ उद्यमी बनौँ यस्वदेशी वस्तुको प्रयोग गरौँ, भन्ने नारा सहित प्रदेश स्तरीय तेस्रो बृहत औँद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव 2080 हुन लागेको हो ।