
पूर्णपुष्टि, पुष २७ । उदयपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको छ । शुक्रबार गाईघाट स्थित पिपलचोकमा पृथ्वी जयन्तीको अवसर पारेर दिवस मनाएको हो । राप्रपाका निर्देसन समिति तथा पूर्व मन्त्री समेत रहेका डा. प्रकाश चन्द लोहनीको प्रमुख आतिथ्यतामा जयन्ती मनाईएको हो
जयन्तीमा पूर्व राजा पृथ्वी नारायण शाहको तस्विरमा माल्यर्पण समेत गरिएको छ । डा. लोहनीले नेपालमा राजतन्त्रको बिकल्प नरहेको जनाए । बहुदलल लोकतन्त्र बचाउन नसकेको र नेपाली जनतालार्य बाराम्वार दुख पिडा दिरहेको उनको भनाई छ । उनले पछिल्लो समय नेपाली जनताहरुले राजतन्त्र प्रति आकर्षण देखाउन थालेको जनाए ।
