
पूर्णपुष्टि, ७ फागुन ।
गाईघाटमा लागु औषाध विरुद्ध प्रभातफेरी कार्यक्रम सँगै अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा उदयपुरमा बढ्दो अवस्थामा रहेको लागु औषाध दुव्र्यसनलाई नियन्त्रण गर्न कार्यत्रम गरिएको हो । बुधबार त्रियुगा नगरपालिकाको सभाहलमा नेपाल प्रहरी, टोल विकास संस्था, जन प्रतिनिधि, अभिभावक लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो । गाईघाट बजार परिसरमा प्रभातफेरी र्याली गरेर नगरपालिकाको हलमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरका अनुसार लागु औषाध दुव्र्यसन विद्यालयबाटै सुभारम्भ गर्नु पर्ने जनाईन् । उनले सामाजिक बिषयका शिक्षकहरुलाई यसबारे तालिम उपलब्ध गराएर कक्षामै विद्यार्थीहरुलाई सचेत गराउनु पर्ने बताईन् । त्यसको लागि जनप्रतिनिधिहरुले विद्यालयमा बजेट व्यवस्थापन गरी लागु औषाध बिक्रिती र यसको अवरबारे शिक्षा मार्फत चेतना गर्नु पर्ने जनाईन् । उपस्थितिले उदयपुरमा अन्यन्त्रित रुपमा लागु औषाध फैलिएको जनाएको छ । प्राय सबै टोलहरुमा लागु औषाध दुव्र्यसनी झाँगी सकेको बताएको छ । जिल्लामा दुव्र्यसन रोक्न नेपाल प्रहरीले बिभिन्न अभियानहरु चलाईरहेको छ । जसमा “आई डिएर नो ड्रग” (से नो टु ड्रग) अभियान निकै प्रभावकारी पनि बन्दै गएको छ ।

