
पूर्णपुष्टि, १७ चैत्र ।
गाईघाटमा संञ्चालन भैरहेको तिन महिने सिलाई कटाई तालिम शुक्रबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको समन्वयमा संञ्चालन भएको तालिम सम्पन्न गरिएको हो । तालिम पुष १६ गते देखी गाईघाट स्थित सिलाई व्यवसायी संघको कार्यालयमा भैरहेको थियो । तालिममा व्यवसायी गर्ने उदेश्य बोकेको महिलाहरुले उल्लासमय सहभागी जनाएका थिए ।

तालिम प्रदान गरे सँगै सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । सहभागीहरुले तालिम पश्चात सिपलाई प्रयोगमा ल्याउने जनाएको छ । सिप बाँच्ने आधारको रुपमा बुझेका उनिहरुले अब तत्कालै ब्यवसायलाई सुरु गर्ने सहभागीहरुको भनाई छ । घरेलु कार्यालय उदयपुरले व्यवायमा रुची राख्ने महिलाहरुलाई तालिम उपलब्ध गराएको जनाए । सिलाई व्यवसायी संघकी अध्यक्ष ज्ञानु प्रधानले यस्तो तालिमहरु थप प्रदान गर्न कार्यालयलाई आग्रह गरेकी छिन् । धेरै महिलाहरु आज सिप नहुदाकै कारण आत्मानिर्भर हुन नसकेको र जिविको पार्जनमा उनिहरुलाई समस्या भएको प्रधानको बुझाई छ । तालिम लिएको महिलाहरुले सिपलाई प्रयोग गर्दै आफुलाई बाँच्ने आधार बनाउनु पर्ने प्रधानले जनाईन् । घरेलु माहासंघ उदयपुरका अध्यक्ष मधुकर थापाको प्रमुख आथित्यमा चैत्र १६ गते तालिम सम्पन्न गरिएको थियो ।

