
पूर्णपुष्टि, चैत १६
कोरोना संक्रमण कायमै रहेकाले विभिन्न कार्यक्रम गरेर भब्यताकासाथ मनाईने फागु पर्व होली यस वर्ष भने सामान्य रुपमा भएको छ ।

आज गाईघाटमा छिट्फुट रुपमा होली मनाईएका छन् । कोरोना कहरले गर्दा साना नानीहरु र केही व्यक्तिहरु मात्रै सामान्य रुपमा होली मनाईएको पाईएको छ ।
उदयपुर भित्रि मधेश भएकाले पहाडी होली र तराई होली दुवै मनाउने चलन रहि आएको छ । तर गाईघाटमा पहाडी होली भन्दा पनि तराई होली विशेष गरी मनाउँदै आईएको भएपनि कोरोना संक्रमणले गर्दा गतवर्ष र यसवर्ष सुनसान बनेको हो ।
