
पूर्णपुष्टि, कार्तिक १०
सप्तरीमा निल गाई गाडीको ठक्कर बाट मरेको छ । सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको हो । निलगाई आज बिहान मृत अवस्थामा फेला परेको कार्यालयले जनाएको छ ।
निलगाई ठक्कर दिने चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । प्रहरी, कर्मचारी र स्थानीयवासीको रोहवरमा मृत निलगाईलाई खाल्डोमा गाडिने डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले बताए ।


