Sunday, April 19News That Matters

गायक प्रकाश तिमिल्सिनाको निधन

पूर्णपुष्टि, साउन २७ । गायक प्रकाश तिमिल्सिनाको शनिबार राति अकस्मात निधन भएको छ। ललितपुर महानगरपालिका-१८ स्थित आदिनाथ मार्गमा रहेको आफ्नै कोठामा उनी मृत अवस्थामा फेला परेका हुन्।

ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीका अनुसार तिमिल्सिनालाई राति करिब ९ बजे बेडमा मृत अवस्थामा फेला पारिएको थियो। उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।

‘नेपाली तारा’ गायन प्रतियोगिताबाट चर्चामा आएका तिमिल्सिनाका धेरै गीतहरू लोकप्रिय थिए। ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, र ‘नआए नि हुन्थ्यो’ जस्ता उनका गीतहरूले श्रोताहरूको मन जितेका थिए। पारिवारिक स्रोतका अनुसार तिमिल्सिनाको अन्त्येष्टि आजै पशुपतिमा गरिनेछ। त्यस अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिने जनाइएको छ।