Thursday, May 21News That Matters

गृहमन्त्री लामिछाने विरुद्धको रिटमा आज सुनुवाई

पूर्णपुष्टि, असार १८ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले दायर रिटमा निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राखिएको छ।

जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। असार ७ गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए भने गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि सुनुवाइ असार १८ गतेका लागि सारिएको थियो।

रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव पार्न सक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न अन्तरिम आदेशको माग गरिएको छ। साथै, महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा दायर नभएको भनेर लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ।