Wednesday, June 17News That Matters

चतरा नहरमा डुबी २ जनाको ज्यान गयो

पूर्णपुष्टि, भदौ १७ गते ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–३ खोरिया बस्ने एकै परिवारका दुई जनाको चतरा नहरमा डुबेर ज्यान गएको हो । नहरमा डुबेर बिहीबार पञ्चमी व्रतका लागि भनेर नुहाउन नहरमा पसेका चार जनामध्ये १४ वर्षीया सलिना खड्का र ३६ वर्षीया शोभा खड्काको ज्यान गएको हो ।
सलिना र शोभा फुपू भदैनी भएको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरूसँगै नुहाउन पसेका २३ वर्षीया सोनु खड्का र १४ वर्षीया इशा खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बराहक्षेत्रको बीचपानी भएर जाने सुनसरी मोरङ सिंचाइ आयोजनाको चतरा नहरमा सलिनालाई डुबेको स्थानदेखि तीनकिलोमिटर दक्षिण मृत अवस्थामा फेला परेकी थिइन् भने शोभालाई उद्धार गरेर धरानको विजयपुर अस्पतालमा भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचारकै क्रममा ज्यान गएको हो ।