
पूर्णपुष्टि, साउन ३०
मोटरसाईकल चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८÷०६÷१९ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ५ दिन कैद र रु.५,०००र÷– (पाँच हजार) जरीवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका धरान–१५ का ३७ बर्षीय बन्धन लिम्बु पक्राउ परेका छन् ।
फरार रहेका लिम्बुलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) समुहबाट खटीएको प्रहरी टोलिले आईतवार गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी जिल्ला अदालत सुनसरी बुझाईएको छ ।
