
पूर्णपुष्टि, असोज १० गते ।
चोरी गरेको अभियोगमा प्रहरीले कास्कीबाट एक जना वडासदस्य पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनी वडा सदस्यस हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
