Wednesday, April 22News That Matters

चोरीको मोटरसाईकल खरिद–बिक्रि गर्ने दुई जना पक्राउ

पूर्णपुष्टि, जेठ ३० । मोरङमा चोरीको मोटरसाईकल खरिद–बिक्रि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–१२ बिराटचौकका ४० बर्षीय शंकर दाहाल र धनपालथान गाउँपालिका–१ का १९ बर्षीय अजय मण्डल रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार गत मंगलबार बिराटचौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको मोटरसाईकल को. ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने उनिहरुलाई पक्राउ गरिएको हो ।

 

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह एक्ष्त् बाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ